स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात

एजेन्सी । स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले सुखद सुरुवात गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनायो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो । तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए ।

यस जितसँगै समूह ’इ’ को स्लोभाकियाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । पोल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको पोल्याण्ड पुछारमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);