१६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात

एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।

जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ’बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ । रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

रुस पुछारमा रहेको छ । यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);