विश्वकप फुटबलमा बेल्जियमलाई तेस्रो स्थान | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विश्वकप फुटबलमा बेल्जियमलाई तेस्रो स्थान

belgiam

एजेन्सी, ३१ असार । बेल्जियमले रुसमा जारी विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ ।

गएराति भएको खेलमा इङ्ल्यान्डलाई २–० गोलअन्तरले पराजित गर्दै बेल्जियमले तेस्रो स्थान हात पारेको हो । फाइनलमा पुग्न चुकेपनि बेल्जियमले विश्वकपमा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । यसअघि सन् १९८६ मा सेमिफाइनलमा पुगेको बेल्जियम त्यतिखेर चौंथो स्थानमै सीमित बनेको थियो । बेल्जियमलाई पहिलोपटक तेस्रो बनाउने क्रममा थोमस मेउनियर र कप्तान इडिन हाजार्डले एक एक गोल गरे ।

मेउनियरले खेलको चौंथो मिनेटमा गोल गरेकामा हाजार्डले खेलको ८२ औं मिनेटमा अग्रता दोब्बर पारे । मेउनियर जारी विश्वकपमा बेल्जियमका तर्फबाट गोल गर्ने १० औं खेलाडी हुन् । यसअघि सन् १९८२ मा फ्रान्स र २००६ मा इटालीका १० खेलाडीले गोल गरेका थिए । विश्वकप फुटबलअन्तर्गत वहुप्रतिक्षित फाइनल खेल आज हुँदै छ ।

फ्रान्स र क्रोएसियाबीच नेपाली समय अनुसार राति ८ः४५ बजे लुजिंकी रंगशालामा उपाधिका लागि भिडन्त हुने भएको हो । फ्रान्स दोस्रोपटक उपाधि जित्ने दाउमा छ भने क्रोएसियाले पहिलो उपाधि हात पारेर इतिहास रच्ने लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);