विश्वकप फाइनल : दुई देशसँगै खेलाडीको व्यक्तिगत प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वकप फाइनल : दुई देशसँगै खेलाडीको व्यक्तिगत प्रतिस्पर्धा

काठमाडौं, ३१ असार । रुसी विश्वकप अन्तगर्त आज राति उपाधि भिडन्त हुँदै छ । विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया र विश्व विजेता बनीसकेको फ्रान्सबीचको उपाधी प्रतिष्पर्धा निकै रोचक हुने आंकलन गरिएको छ । आजको खेलमा दुई देशको मात्र नभई खेलाडीहरुको व्यक्तिगत प्रतिस्पर्धा समेत हुनेछ ।

क्रोएशिया सन्तुलित र अुनभवी खेलाडीहरुको समायोजन हो भने फ्रान्समा युवा खेलाडीहरुको बर्चश्व रहेको छ । आजको खेल दुई देशको मात्र नभई खेलाडीहरुको व्यक्तिगत प्रतिस्पर्धा समेत हुनेछ ।

लुका मोड्रिक भर्सेस पउल पोग्बा
क्रोएशियन मिडफिल्डर लुका मोड्रिक पेसमेकरको रुपमा चिनिन्छ । यसपाली गोल्डेन बलकोको दाबेदारको रुपमा उभिएका उनी क्रोएशियाको कप्तानी कुशलतापुर्वक निभाइरहेका छन् । उत्कृष्ट गोल गर्ने अवसरको र्सिजना गर्नुको साथै आफै गोल गर्न सक्षम उनीमाथि क्रोएशिएन समर्थकले दरिलो आशा राखेका छन् ।

यता फ्रान्सका पउल पोग्बाको खेलमा निर्भर छन् प्राय अघिल्ला पंक्तिका एमबाप्पे, ग्रिजमान जस्ता खेलाडीहरु । बेल्जियम, अर्जेन्टिनालाई हराउन उनको भुमिका अतुलनिय थियो । पास मेकरको भुमिकाको रुपमा रहेका यी फ्रान्सेली मिडफिल्डरको प्रदर्शनमा विश्वकपको उपाधी दोस्रो पटक उचाल्न फ्रान्स सफल हुनसक्छ ।

pogba vs modric

हुगो लोरिस र ड्यानिजल सुवासिक
आजको खेल निर्णायक खेल हो, विश्वकपको । १९९८ मा यी दुइ देशको सेमी फाइनलमा भेट भएको थियो, र विश्वकप उपाधी उचाल्ने क्रोएशियाको ठुलो सपनालाई फ्रान्सले चक्नाचुर बनाइदिएको थियो । यो बदला लिनको लागि आत्मविश्वासका साथमा मैदानमा उत्रिने क्रोएशिएन खेलाडीहरुको प्रहार बिफल बनाउने जिम्मा फ्रान्सेली टिमका कप्तान र गोल किपर हुगो लोरिसले लिएका छन् ।

यता ट्राइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्यानिजल सुवासिकले कस्तो प्रदर्शन गर्लान् भन्ने कुरा पनि चासोको विषय हो । सम्भवत् आजको खेलमा जित हात पार्ने टोलीका गोल रक्षकले गोल्डेन ग्लोब हात पार्न सक्छन् ।

lloris-Subašić

गोल्डेन बुटको होड
फ्रान्सका केलिएन एमबाप्पे र एन्टोइन ग्रीजमान गोल्डेन बुटको होडमा छन् । तर गोल्डेन बुटको उपाधी जित्नको लागि यी दुवै खेलाडीले ४ गोल क्रोएशियाको गोलपोष्टमा प्रहार गर्नुपर्नेछ ।

kylian-mbappe-antoine-griezman

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);