विश्वकप फुटबल : प्लेयर्स टु वाच | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विश्वकप फुटबल : प्लेयर्स टु वाच

spain-russia

काठमाडौं, १७ असार । रुस विश्वकप २०१८ अन्तर्गत आज नकआउट चरणका दुई खेल खेलिंदैछन् । नेपाली समयअनुसार ७ः४५ बजे स्पेन विरुद्ध रुस मैदानमा उत्रिने छ भने ११ः४५ मा क्रोसिया डेनमार्कको सामना गर्दै छ । आज खेलमा कुो  खेलाडी चम्किन सक्छन त ?

डिएगो कोस्टा, स्पेन
स्पेनका २९ वर्षीय डिएगो कोस्टाले पोर्चुगलसँगको खेलमा दुई गोल गरी स्पेनिस टोलीलाई पराजयबाट बचाएका थिए । यस्तै इरानविरुद्धको खेलमा पनि कोस्टाले ५४औँ मिनेटमा निर्णायक गोल गरी स्पेनलाई विजयी बनाएका थिए। मोरोक्कोसँगको बराबरी पछि अन्तिम १६ मा पुगेको स्पेनका लागि डिएगो कोस्टा जस्ता प्रभावशाली खेलाडीको प्रदर्शनले आजको खेलमा धेरै महत्व राख्दछ । आजको खेलमा उनले किफायती प्रदर्शन गर्न सके स्पेन अर्को चरणमा जान सक्छ ।

diego costa

एलेकज्यान्डर ग्लोभिन, रसिया
साइबेरियन डायमण्ड भनेर चिनिने २२ वर्षिय एलेकज्यान्डर ग्लोभिन रसियन फुटबल किफायती खेलाडी हुन् । उनले रसियाबाट २१ खेल खेल्दै ३ गोल गरिसकेका छन्। २०१५ उरुग्वे विरुद्ध समूहको अन्तिम खेल नखेलेका उनले स्पेन विरुद्ध खेल्ने सम्भावना छ। रुसबाट सर्वाधिक ३ गोल गरेका उनलाई आज दर्शक एवम् घरेलु मेदानको साथ मिल्नेछ ।

govlin

लुका मोडरिक, क्रोएसिया
रसिया विश्वकपमा नाइजेरिया विरुद्धको आफ्नो पहिलो खेलमा लुका मोडरिकले ७१ मिनेटमा गोल गरी क्रोएसियालाई २(० ले विजयी बनाएका थिए। यस्तै अर्जे्न्टिनासँगको खेलमा पनि उनले ८०(औँ मिनेटमा गोल गरी आफ्नो टोलीलाई अन्तिम १६ मा र्पुयाएका थिए। उनले क्रोएसियाका लागि १०८ खेलमा १३ गोल पुरा गरेका छन्। आजको खेलमा उनी कस्तोे प्रदर्शन गर्ने हुन त्यो त हेर्न बाँकी नै छ ।

Modric

क्रिस्टियन एरिक्सेन, डेनमार्क
डेनमार्कका प्रख्यात खेलाडी माइकल लाउडरुप जस्ता प्रभावशाली खेलाडीसँग तुलना गर्ने गरिने क्रिस्टियन एरिक्सेनमाथि क्रोएसियाविरुद्ध खेलमा सबैको नजर रहेछ। एरिक्सेनले अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा गोल गरेका थिए। २६ वर्षिय एरिक्सेन ले डेनमार्कका लागि ८० खेलमा २३ गोल गरेका छन्। क्रिस्टियन एरिक्सेन लगायत डेनिस टोली दबाबबिच अर्को बलियो टोली क्रोएसियासँग जितका लागि मैदानमा संघर्षमा उत्रनेछ।

Ericksen

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);