उरुग्वे र फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उरुग्वे र फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

france argentina

काठमाडौं, १७ असार । उरुग्वे र फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका खेलमा उरुग्वे पोर्चुगललाई तथा फ्रान्स अर्जेन्टिनालाई पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

उरुग्वेलाई क्वार्टरफाइनलमा पुर्याउने क्रममा इडिनसन काभानीले दुई गोल गरे । काभानीको गोलको मद्दतमा उरुग्वेले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा उरुग्वेले सातौं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफमा उरुग्वेले १–० को अग्रता लिएकामा पोर्चुगलले खेलको ५५ औं मिनेटमा बराबरी गोल फर्कायो । पोर्चुगलका लागि पेपेले गोल गरे । तर त्यसको सात मिनेटपछि काभानीले उरुग्वेका लागि दोस्रो गोल गरे । त्यसपछिको बाँकी समयमा गोल हुन सकेन र खेल उरुग्वेले जित्यो । रोनाल्डोको पोर्चुगल विश्वकपबाट विदा हुनुअघि लिओनल मेसीको अर्जेन्टिना पनि रुस विश्वकपबाट वाहिरिएको थियो ।

अर्जेन्टिनालाई फ्रान्सले ४–३ गोलअन्तरले पराजित गरी विश्वकपबाट विदा गरेको हो । फ्रान्सले ११ मिनेटको अन्तरमा तीन गोल गरेर अर्जेन्टिनालाई पराजित गरेको हो । फ्रान्सले खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएकामा अर्जेन्टिनाका लागि डी मारियाले ४१ औं मिनेटमा बराबरी गोल फर्काए । अर्जेन्टिनाले दोस्रो हाफको सुरुमा २–१ को अग्रता लियो । तर फ्रान्सका लागि ५७ औं मिनेटमा पाभार्डले बराबरी गोल फर्काए ।

लगत्तै एमबाप्पेले चार मिनेटको अन्तरमा दुई गोल गरी फ्रान्सलाई ४–२ को अग्रता दिलाए । अर्जेन्टिनाका लागि इन्जुरी समयको तेस्रो मिनेटमा सर्जियो अगुरोले गोल गरे । तर अगुरोको गोलका बाबजुद् अर्जेन्टिना पराजय व्यहोरी रुस विश्वकपबाट वाहिरियो ।

विश्व फुटबलमा एक दशकदेखि उत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा रहँदै आएका रोनाल्डो र मेसी यसपटक एकैदिन विश्वकपबाट वाहिरिएका छन् । उमेरका कारण अबको विश्वकपमा दुवै खेलाडी टीममा नरहने अड्कल काटिएको छ ।

 विश्वकपअन्तर्गत आज आयोजक रुस र स्पेनबीच राति ७ः४५ बजे तथा क्रोएसिया र डेनमार्कबीच ११ः४५ बजे खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);