ब्राजिल र बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ब्राजिल र बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

brazil

काठमाडौं, १९ असार । ब्राजिल र बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका आ आफ्ना खेलमा विजयी हुँदै ब्राजिल र बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

बेल्जियमले दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै जापानमाथि ३–२ गोलअन्तरको जित दर्ता गरेको छ । पहिलो हाफ बराबरी भएको खेलमा जापानले चार मिनेटको अन्तरमा दुई गोल गरेर क्वार्टरफाइनलमा प्रवेशको सम्भावना बलियो पारेको थियो । जापानका लागि ४८ औं मिनेटमा हारागुची तथा ५२ औं मिनेटमा इनुईले गोल गरेका थिए ।

तर दुई गोलले पछि परेको बेल्जियमले पाँच मिनेटको अन्तरमा दुई गोल फर्कायो । खेलको ६९ औं मिनेटमा भेरटनघेन र ७४ औं मिनेटमा फेलानीले गोल गरे । २/२ गोलको बराबरी रहेको अवस्थामा बेल्जियमले इन्जुरी समयको चौंथो मिनेटमा गोल गरेर क्यार्टरफाइनलको यात्रा सुनिश्चित गरेको हो । बेल्जियमका लागि चाड्लीले निर्णायक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफ बराबरी भएको खेलमा ब्राजिलले खेलको ५१ औं र ८८ औं मिनेटमा गोल गरेको हो । पहिलो गोल विलियनको उत्कृष्ट पासमा नेयमारले गरे भने दोस्रो गोल नेयमारको पासमा रोबर्टो फिरमिनोले गरे । ब्राजिलसँग पराजित भएसँगै मेक्सिको घर फर्किएको छ । मेक्सिको सन् १९९४ पछि क्वार्टरफाइनलमा प्रवेश गर्न सकेको छैन । ब्राजिलले क्वार्टरफाइनलमा अब बेल्जियमको सामना गर्ने छ ।

विश्वकपअन्तर्गत आज इङ्ल्याण्ड र कोलम्बियाबीच राति ७ः४५ तथा स्वीडेन र स्वीजरल्याण्डबीच राति ११ः४५ बजे खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);