मैत्रीपूर्ण खेलमा बेल्जियमद्वारा कोस्टारिका ४–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मैत्रीपूर्ण खेलमा बेल्जियमद्वारा कोस्टारिका ४–१ ले पराजित

lukaku-romelu

एजेन्सी, २९ जेठ । विश्वकपअघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले कोस्टारिकालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा बेल्जियमले रोमेलु लुकाकुको दुई गोलमा कोस्टारिकालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

लुकाकुले खेलको ४२ र ५० औं मिनेटमा गोल गरे । खेलमा अग्रता भने कोस्टारिकाले लिएको थियो । खेलको २४ औं मिनेटमा ब्रायन रुइजले गोल गरेका थिए । त्यसको सात मिनेटपछि ड्राइज मर्नेन्सले बराबरी गोल फर्काएकामा खेलको ६४ औं मिनेटमा मिची बटसुयीले टिमका लागि चौंथो गोल गरे । विश्वकपमा बेल्जियम इङ्ल्याण्ड रहेको समूह जी मा छ भने कोस्टारिका इ मा छ ।

गएराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया अफ्रिकी मुलुक सेनेगलसँग २–० गोलअन्तरले पराजित भएको छ । खेलको ६७ औं मिनेटमा किम योङ ग्वानले आत्मघाती गोल गरेका कारण एक गोलले पछि परेको दक्षिण कोरियाले खेलको अन्तिममा पेनाल्टीको अवसर दियो ।

मुसा कोनाटेले पेनाल्टीको अवसर सदुपयोग गर्दै इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै सेनेगललाई २–० गोलअन्तरले विजयी गराए । दक्षिण कोरिया समूह एफ तथा सेनेगल समूह एचमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);