डिफेन्डिङ च्याम्पियन जर्मनीद्वारा साउदी अरेबिया पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डिफेन्डिङ च्याम्पियन जर्मनीद्वारा साउदी अरेबिया पराजित

germany vs saudi arabia

एजेन्सी, २६ जेठ । विश्वकपअघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, उरुग्वे, इरान र क्रोएसिया विजयी भएका छन् । गएराति भएका खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको आठौं मिनेटमा युवा स्ट्राइकर टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले ४३ औं मिनेटमा आत्मघाती गोल उपहार पायो । साउदी अरबका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लियो । तर, खेल सकिनु ६ मिनेटअघि साउदी अरबका ताइसिर अल जासीमले सान्त्वना गोल फर्काए ।

विश्वकपको समूह ए मा रहेको साउदी अरबले उद्घाटन खेल जुन १४ मा रुससँग खेल्नेछ । समूह ए मा उरुग्वे र इजिप्ट छन् । जर्मनी भने मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेको समूह एफमा छ ।

गएराति भएको अर्को खेलमा स्वीट्जरल्याण्डले जापानलाई २–० गोल अन्तरले पराजित गरेको छ । स्वीट्जरल्याण्डको जितमा रिकार्डो रोड्रिगुइजले खेलको ४२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकामा ह्यारिस सेफरोभिकले ८२ औं मिनेटमा अग्रता दोब्बर पारे । स्वीट्जरल्याण्ड ब्राजिल, कोष्टारिका र सर्बिया रहेको समूह इ मा छ ।

गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलमा इरानले लिथुआनियालाई १–०, क्रोएशियाले सेनेगललाई २–१ र उरुग्वेले उज्वेकिस्तानलाई ३–० ले पराजित गरेको छन् भने पोल्याण्ड र चिलीबीचको खेलमा २–२ गोलको बराबरी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);