कोहलपुरमा प्रथम अन्तर मावि क्रिकेट प्रतियोगिता शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोहलपुरमा प्रथम अन्तर मावि क्रिकेट प्रतियोगिता शुरु

Cricket

बाँके, २६ जेठ । बाँकेको कोहलपुरमा प्रथम अन्तर माध्यामिक बिद्यालय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको शुरु भएको छ ।शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन नमुना माध्यमिक विद्यालय विजयी भएको छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरख बहादुर थापाले कोहलपुर नगर छात्रा क्रिकेटका लागी उर्बर भुमि भएको र यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भईसकेको भन्दै खुसी ब्यक्त गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी चौधरीले छात्राहरुलाई खेल प्रति आकर्षित गर्न प्रतियोगिता संचालन गरिएको बताइन् । १२ टोली सहभागि रहेको उपमेयर कप क्रिकेट प्रतियोगिता असार तीन गनेसम्म सञ्चालन हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);