जनकपुरमा शहीद कप टी-२० क्रिकेट प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुरमा शहीद कप टी-२० क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम, ११ चैत । सोमवारदेखि प्रदेश नम्बर २ को जनकपुरमा तेश्रो शहीदकप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान खेलाडीहरुको स्थायी जिविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताए ।

उनले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । चैत्त १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौं तथा भारतबाट पटना, दरभंगा र कानपुर गरी जम्मा आठ वटा टिम सहभागीता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);