मैदान हिलाम्मे भएपछि प्रधानमन्त्री कप टी-२० क्रिकेटको खेल रद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मैदान हिलाम्मे भएपछि प्रधानमन्त्री कप टी-२० क्रिकेटको खेल रद्ध

pm cup radda

कञ्चनपुर, ९ असार । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवारको खेल बर्षाले प्रभाबित बनाएको छ । सोमवार हुने भनिएको विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र प्रदेश नम्बर ५ बीचको खेल वर्षाले प्रभावित बनाएको हो ।

वर्षाको कारण मैदान हिलाम्मे हुँदा टस समेत नभई खेल रद्ध गरिएको हो । खेल रद्द भएपछि दुवै टोलीले एक– एक अंक बाडेका छन् ।खेल रोकिएर अंक बाँडेसगै समूह ’ए’ को एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । प्रदेश ५ को ३ अंक रहेको छ ।

जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);