महिला विश्वकप: फ्रान्सद्वारा ब्राजिल र इंग्ल्याण्डद्वारा क्यामरुन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिला विश्वकप: फ्रान्सद्वारा ब्राजिल र इंग्ल्याण्डद्वारा क्यामरुन पराजित

france vs brazil

काठमाडौं, ९ असार । फ्रान्स र इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको अन्तिम १६ को खेलमा आयोजक फ्रान्सले ब्राजिललाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।महिला विश्वकप फुटबलमा भिडियो एसिस्टेन्ट रेफ्रीको अत्याधिक प्रयोग भइरहेको छ । यो खेलमा पनि भिएआरको भूमिका महत्वपूर्ण रह्यो । भालेरी गाविनले सुरुमा गरेको गोल भिएआर मार्फत अमान्य भएको थियो, तर उनले ५२ औँ मिनेटमा फ्रान्सका लागि गोल गरिन् । ब्राजिलकी थिसाले ६३ औँ मिनेटमा बराबरी गोल फर्काइन् ।

उनको गोल सुरुमा रेफ्रीले अमान्य घोषित गरेका थिए, तर भिएआरमार्फत हेरेपछि गोललाई मान्यता दिएका हुन् । दुवै तर्फबाट निर्धा्रित समयमा थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो ।१०६ औँ मिनेटमा एमानडिन हेनरीले फ्रान्सका लागि विजयी गोल गरिन् । अब फ्रान्सले सन् २०१५ को विजेता अमेरिका या स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । ब्राजिल भने अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो ।

यस्तै अर्को खेलमा क्यामरुनलाई ३–० ले पराजित गरेर इंग्ल्याण्डले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ । इंग्ल्याण्डको जितमा होग्टन, ह्वाइट र ग्रिनवुडले गोल गरिन् । क्वाटरफाइनलमा इंग्ल्याण्डले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);