ललित स्मृति कप : विभागीय टिम त्रिभुवन आर्मी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ललित स्मृति कप : विभागीय टिम त्रिभुवन आर्मी विजयी

ललित स्मृति कप

आर्मीद्वारा फ्रेन्ड्स क्लव कुपण्डोल २–० गोल अन्तरले पराजित

काठमाडौं, ८ असार । विभागीय टिम त्रिभुवन आर्मी क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २–० गोल अन्तरले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन विशाल बस्नेत र जय अधिकारीले एक/एक गोल गरे । जितसंगै समूह ’बी’ बाट आर्मीले ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);