सहिद स्मारक ’ए’ डिभिजन लिग : त्रिभुवन आर्मीको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सहिद स्मारक ’ए’ डिभिजन लिग : त्रिभुवन आर्मीको विजयी सुरुवात

काठमाडौं, ३० मंसिर । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरे । आर्मीले खेलको तेस्रो मिनेटमै नवयुगको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ५० औं मिनेटमा शक्ति राईले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । तर, ८१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । जितसँगै आर्मीले ३ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);