ए डिभिजन लिग : सशस्त्रद्वारा आर्मी २-१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

ए डिभिजन लिग : सशस्त्रद्वारा आर्मी २-१ ले पराजित

apf-army

काठमाडौं, ८ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत आइतवार भएको खेलमा शशस्त्र प्रहरी(एपीएफ)ले त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ । आइतबार सातदोवाटो स्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले नेपाल आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सशस्त्रका तर्फबाट आशिष लामाले दुई गोल गरेपछि आर्मी पराजित भएको हो । खेलको ५७औँ मिनेटमा आशिष लामाले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । ८६औँ मिनेटमा लामाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले अग्रता दोब्बर बनायो । लगत्तै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरेपनि हार टार्न पर्याप्त भएन ।

सिजनको दोस्रो हारपछि आर्मीको उपाधि होड औपचारिक रुपमै समाप्त भएको छ । १० खेलबाट आर्मीको १८ अंक छ र शीर्ष स्थानको मनाङ भन्दा ९ अंकले पछि छ । अब बाँकी तीन खेल जितेपनि आर्मीले मनाङलाई भेट्टाउन सक्ने छैन ।

आर्मी यसअघि मनाङ मर्स्याङ्दीसँग पराजित भएको थियो। त्यसपछि आर्मीले शीर्ष तीनमा रहने लक्ष्य बनाएको थियो। तर एपीएफसँग हारेपछि आर्मी चौथो स्थानमै यथावत छ । उता सिजनको पाँचौ जित हात पारेको एपीएफ १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);