विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

aarchi

काठमाडौं, ९ पुस । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्घको तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ।

त्यही टेस्टमा सात वर्षीय बालक आर्ची चिलरले कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन्। उक्त खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन्।

क्रिसमसको भोलिपल्टै सुरु हुने ‘बक्सिङ डे’ टेस्टमा भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले नै गर्नेछन्। क्रिकेट अस्ट्रेलियाको यो घोषणापछि आर्ची अहिले विश्वभरका सञ्चारमाध्यममा मजैले छाएका छन्।