पाकिस्तानलाई हराउने नेपालको रणनीति, आज पाकिस्तानसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानलाई हराउने नेपालको रणनीति, आज पाकिस्तानसँग भिड्दै

काठमाडौं । बंगलादेशमा आयोजित एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत आज नेपालले टेष्ट मान्यताप्राप्त पाकिस्तानको २३ बर्ष मुनीका टोलीको सामना गर्ने भएको छ ।

पाकिस्तानलाई हराउने नेपालको रणनीति

काठमाडौं । बंगलादेशमा आयोजित एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत आज नेपालले टेष्ट मान्यताप्राप्त पाकिस्तानको २३ बर्ष मुनीका टोलीको सामना गर्ने भएको छ ।

आज बंगलादेशको शेखकमल स्टेडियममा हुने आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानका तेइस वर्ष मुनिका टेलीसँग प्रतिष्पर्धा गर्नेछ ।

टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगता अन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए । नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन् ।

त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसीले पनि स्वास्थ्य समस्याका कारण आराम लिएका छन् ।

खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा छ । सोही समूहमा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);