मेस्सी बीनाको अर्जेन्टिना जित्नै सक्दैन ? विश्वकप यात्रा नै अन्यौल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मेस्सी बीनाको अर्जेन्टिना जित्नै सक्दैन ? विश्वकप यात्रा नै अन्यौल

विश्वकप २०१८ को छनौट अन्तरगत भएको खेलमा अर्जेन्टिना पराजि, बोलिभिया २–० ले विजयी, हारसँग अर्जेन्टिनाको विश्वकप यात्रा कठिन

मेस्सी बीनाको अर्जेन्टिना जित्नै सक्दैन ? विश्वकप यात्रा नै अन्यौल

काठमाडौं । विश्वकप २०१८ को छनौट अन्तरगत भएको खेलमा अर्जेन्टिना पराजित भएको छ ।

बुधबार दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत भएको खेलमा बोलिभियाले अर्जेन्टिनालाई २–० ले हराएको हो ।

यसअघि गएको शुक्रबार बिहान चिलीसँग भएको खेलमा लाइन्स म्यानलाई अभद्र व्यवहार गरेका कारण लियोनल मेस्सीमाथि चार खेलको प्रतिबन्ध लागेकाले उनी बोलिभियासँगको खेलमा मैदान बाहिर थिए ।

खेल सुरु हुनु केही घण्टाअघि मात्रै मेस्सीमाथि प्रतिबन्धको निर्णय भएपछि अर्जेन्टिना समस्यामा परेको हो । बोलिभियाको जितमा आन कारलोस आर्स र मार्सेलो मार्टिन्सले गोल गरे ।

मेस्सी बिनाको अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरेको थियो । तर सफल हुन भने सकेन । हारपछि अर्जेन्टिना दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत १४ खेलबाट २२ अंकसहित पाँचौं स्थानमा झरेको छ ।

अब चार खेल बाँकी रहेको अवस्थामा शीर्ष चारमा रहँदै विश्वकपका लागि सोझै छनौट हुन अर्जेन्टिनाले थप संघर्ष गर्नुपर्ने भएको छ । बोलिभियाले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म खेलेका १४ खेलमा मात्रै तीन खेल जितेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);