अर्जेन्टिनाले लियो बदला, ब्राजिलको सानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अर्जेन्टिनाले लियो बदला, ब्राजिलको सानदार जित

दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा ब्राजिल र अर्जेन्टिनाले जित निकालेका छन् । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ ।

अर्जेन्टिनाले लियो बदला

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा ब्राजिल र अर्जेन्टिनाले जित निकालेका छन् । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ ।

चिलीको घरेलु मैदानमा निकै प्रतिस्पर्धात्क खेलमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाले अंक खोसेको छ । चिलीका डिफेन्डरले एन्जेल डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

पेनाल्टीमार्फत १६ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल नै निर्णयक बन्यो । यो जितसँगै अर्जेन्टिना पाँचौै स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा रहेको उरुग्वे भन्दा अर्जेन्टिना एक अंकले तल छ भने पहिलो स्थानमा रहेको ब्राजिल भन्दा ८ अंक तल छ ।

दक्षिण अमेरिकी समूहमा ४ देश सिधै विश्व कपका लागि छनौट हुने र पाँचौ देशले प्लेअफ खेल्न पाउने नियम छ । विश्वकप छनौट अन्तर्गत शुक्रबार नै भएको खेलमा ब्राजिलले उरुग्वेलाई ४–१ ले हराएको छ ।

उरुग्वेको घरेलु मैदान मोन्टेभिडियोमा भएको खेलमा पाहुना टोली ब्राजिलले उरुग्वेलाई ४–१ गोलले हराएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);