इक्वेडरमाथि ब्राजिलको जित, अर्जेन्टिनालाई तीन खेल जित्न पर्ने दवाब | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एजेन्सी, १६ भदौ । बिहीबार राती भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट खेलमा इक्वेडरलाई हराउँदै ब्राजिल बिजयी भएको छ । ब्राजिलले इक्वेडरमाथि २–० को जित हात पारको हो ।

 

ब्राजिलका लागि पाउलिन्हो र फिलिप काउटिन्होले एक एक गोल गरेक थिए ।

जित सँगै ब्राजिलले ९ अकं जोड्न सफल भएको छ । ब्राजिलले अहिलेसम्म ९ खेलमा जित हात पार्दै अग्रता कायम गरेको छ ।

 

यता अर्जेन्टिना र उरुग्वेबिच भएको खेल भने बराबरी मै टुगिंएको छ ।

बराबरीका कारण अर्जेन्टिना पाँचौ स्थानमा स्थिर रहेको छ । विश्वकपमा स्थान बनाउन अर्जेन्टिनाले थप तीन खेलमा जित्नुपर्ने छ ।

 

अर्को खेलमा पाराग्वेसँग चिली ३–०ले पराजित हुदाँ भने अर्जेन्टिनालाई केही फाइदा भने पुगेको छ ।

 

दोस्रो स्थानमा आसिन कोलोम्बिया र भेनेजुएलाबिचको खेल पनि बराबरीमा नै सिमीत भएको छ ।

 

प्रतिस्पर्धात्मक रहेको पेरु र बोलिभियाबिचको खेलमा पेरुले २–१ले जित हात पारेको छ ।

 

अहिले सम्मको अकं तालिका हेर्दा ब्राजिल ३६ अकं सहित शीर्ष स्थानमा छ भने कोलोम्बिया २५ अंक सहित दोस्रो स्थानमा आसिन छ ।

 

२४ अंक सहित उरुग्वे तेस्रो स्थानमा रहदा २३ अंक जोडेका चिली चौथो र अर्जेन्टिना पाँचौँ स्थानमा छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);