सिन्धुलीमा जिल्ला स्तरीय कराँते डोजो प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सिन्धुली, १६ भदौ । सिन्धुली जिल्लामा पहिलो पटक डाक्टर मोहन विक्रम थापा स्मृती जिल्ला स्तरीय कराँते डोजो प्रतियोगिता हुने भएको छ ।

नेपाल सितोरियो कराँते डो–संघ शाखा कमलामाई डोजोको आयोजनामा शनिवारदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जिल्लाभरका कराँते खेलाडीहरुको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजयीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । डक्टर मोहन विक्रम थापाका छोरा समाजसेवी उज्ज्वल विक्रम थापाले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्नुभएको खेलाडी गोपीलाल बम्जनले जानकारी दिएका हुन् ।

 

प्रतियोगिता सिन्धुलीमाढी स्थित खुल्लामन्चमा सञ्चालन हुने बताइएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);