चितवनमा तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

चितवनमा तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता सुरु

karate

चितवन,  २० बैशाख ।  चितवनको भरतपुरमा जापान गोजु रियो कराँते डो केन्वाकाई नेपाल संघ चितवनले आयोजना गरेको तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको तेस्रो इन्डो नेपाल कराँते प्रतियोगितामा नेपालसहित भारतको दिल्ली, पञ्जाब, मेरेठका खेलाडीहरुको सहभागिता रहेको छ ।

तीन दिनसम्म हुने प्रतियोगितामा चितवनका ५२ खेलाडीसहित नेपालका दुई सय तथा भारतबाट २० जना खेलाडी सहभागी छन् । ५४ वटा स्वर्णपदक, ४५ वटा रजत तथा ९० वटा कास्यका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिम पहिलो हुनेले ३० हजार, टिम दोस्रो हुनेले २० हजार तथा टिम तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट फाइट र काता तर्फ महिला र पुरुष गरी चार जना खेलाडीलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।