आईपीएल: मुम्बईद्वारा सनराईजर्स हैदरावाद सुपर ओभरमा पराजित, बिना विकेट लक्ष्य पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईपीएल: मुम्बईद्वारा सनराईजर्स हैदरावाद सुपर ओभरमा पराजित, बिना विकेट लक्ष्य पूरा

mumbai-haidabad

काठमाडौं, २० बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई मुम्बईले सुपर ओभरमा पराजित गरेको छ ।

मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभर हैदरावादका लागि सुखद रहेन । उसले २ विकेट गुमाएर मात्रै ८ रन जोड्न सक्यो । ९ रनको लक्ष्य पाएको मुम्बईले बिना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पूरा गर्यो । यो जितसँगै मुम्बईले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन् । अब एक टीमले मात्र प्ले अफमा स्थान बनाउन बाँकी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);