आइसीसी टी-२० क्रिकेट वरियतामा नेपाल ११ औं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आइसीसी टी-२० क्रिकेट वरियतामा नेपाल ११ औं स्थानमा

nepal-cricket

काठमाडौं, २० बैशाख । आईसीसी टी–२० वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसीले शुक्रबार जारी गरेको बरियातामा नेपाल ११ औं स्थानमा उक्लिएको जनाइएको हो ।

गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २ सय १२ अंक सहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जीते पछि नेपालको टी–२० वरियतामा सुधार भएको हो ।

नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २सय २० अंकसहित दशौं स्थानमा छ । नेपाल भन्दा एक स्थान तल १२ औं स्थानमा रहेको स्कटल्याण्डको १सय ९९ अंक रहेको छ । टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ ।

उसको २सय ८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २सय ६२ अंक छ भने समान २सय ६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा रहेको भारतको २सय ६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);