महिला टी–२० वरियतामा नेपालको स्थान सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला टी–२० वरियतामा नेपालको स्थान सुधार

MAHILA CRICKET

काठमाडौं, २६ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ ।

अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । पपुवा न्युगिनीलाई पछि पार्दै नेपालले वरियतामा एक स्थान सुधार गरेको हो ।नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १सय २८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत वर्षको फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

एसोसियट राष्ट्रको टी–ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् । महिलाको टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत पनि यथावत रहेका छन् ।

आईसीसीको टी–ट्वान्टी महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ ५८ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ सिता ८३ औं स्थान रहेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);