आईसीसी वरियतामा नेपाल एक स्थान तल झर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आईसीसी वरियतामा नेपाल एक स्थान तल झर्‍यो

nepal cricket

काठमाडौं, ६ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेर १६ औँ स्थानमा पुगेको छ । आईसीसीको अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ रेटीङ पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्यु गिनी रहेका छन् । एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

त्यस्तै, आईसीसी टी — ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ । नेपालले १४ खेलमा २०१ रेटीङ पाएको छ । टी — ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टी—ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);