टी-ट्वान्टी वरियतामा नेपाल एक स्थान तल | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

टी-ट्वान्टी वरियतामा नेपाल एक स्थान तल

nepal cricket malaysia

काठमाडौं, १५ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको टी–ट्वान्टी वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एकस्थान झर्दै ११ औंबाट १२ औं स्थानमा पुगेको हो ।

नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १ सय ९४ रेटीङ अंक पाएको छ । नयाँ वरियतामा नेपाललाई पछि पार्दै स्कटल्याण्ड ११ औं स्थानमा उक्लिएको छ । एसोसिएट राष्ट्र मध्ये टी–ट्वान्टी वरियतामा नेपाल स्कटल्याण्ड पछि दोस्रो स्थानमा रहेको छ । यस्तै नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत छन् । दक्षिण अफ्रिका तेस्रो र भारत चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ । एकदिवसीय वरियतामा भने नेपाल १७ औं स्थानमा यथावत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);