त्रिकोणात्मक टी–२० : नेपालको खराव प्रदर्शन, जिम्बावेसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिकोणात्मक टी–२० : नेपालको खराव प्रदर्शन, जिम्बावेसँग पराजित

CRICKET nepali

काठमाडौं, १५ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको हो ।

इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो । जिम्बाबेका लागि कप्तान सिन विलियम्सले ३५ बलमा ५३ रनको पारी खेले । रायन बुर्लले आउट नभई २८ र पेटर मुरले २१ रनको योगदान गरेपछि जिम्बाबेले सो योगफल तयार गरेको थियो । नेपालका सोमपाल कामीले किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन मात्रै खर्चिएर २ विकेट हात पारे ।

सन्दीप लामिछानेले २ विकेट लिँदा अभिनाश बोहराले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको नेपालले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २० रनमात्र बनाउन सक्यो । लक्ष्य पछ्याएको नेपालका विनोद भण्डारीले ३३, आरिफ सेखले २५ तथा करण केसीले १८ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरेनन् । सिंगापुरसँग शतक प्रहार गरेका कप्तान पारस खड्का सस्तैमा आउट भए। उनले १२ रन मात्र जोड्न सके। जितसँगै जिम्बाबे तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आज नेपालले सिंगापुरसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);