पूर्वी चीनको तटीय क्षेत्रमा ‘साउडेल’ समुन्द्री आँधीको तेस्रो अवतरण | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

पूर्वी चीनको तटीय क्षेत्रमा ‘साउडेल’ समुन्द्री आँधीको तेस्रो अवतरण

यस वर्षको १८ औं समुन्द्री आँधी ‘साउडेल’ बिहीबार बिहान पूर्वी चीनको फुजियान प्रान्तको तटीय क्षेत्रमा ठोक्किएको छ । प्रान्तीय मौसम विज्ञान केन्द्रकाअनुसार बिहीवार बिहान करिव ६ः३० बजे फुजियानको झाङ्झाउ शहर अन्तर्गत पर्ने झाङ्पु काउन्टीको तटीय क्षेत्रमा यो आँधी अवतरण भएको हो । आँधीको केन्द्र नजिक हावाको अधिकतम गति प्रति सेकेन्ड २३ मिटर रहेको जनाइएको छ।  आँधीका कारण हुनसक्ने जनधनको क्षति कम गर्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासनले सुरक्षात्मक उपायहरू अवलम्वन गरेको छ । यस अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरूको विशेष निरीक्षण गर्नुका साथै उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसअघि, साउडेल आँधीले गत अगस्ट २८ मा पूर्वी चीनकै झेजियाङ प्रान्तको तटीय क्षेत्रमा दुई पटक अवतरण गरेको थियो ।

Leave a Reply