एजेन्सी, २२ असोज । समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा हानेको आँधी सम्बन्धी अमेरिकी निकाय द यूएस न्याशनल हुरिकेन सेन्टरले बताएको बीबीसीले जनाएको छ ।
आँधी १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ लागेको बीबीसीको भनाई छ ।
मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सुचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ।
आँधीले ती क्षेत्रमा भीषण वर्षा, बाढी र १५० किलोमिटर प्रतिघण्टा सम्मको वायु ल्याइदिने ठानिएको छ।
सावधानीस्वरुप यो क्षेत्रका पाँचवटा बन्दरगाह बन्द गरिएका छन्।




