फ्रान्सको क्यारेवियन क्षेत्रमा ठुलो आँधी, ७ को मृत्यु, ९० प्रतिशत घरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौँ, २२ भदौ । फ्रान्सको क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण  ७ जनाको ज्यान गएको छ भने ९० प्रतिशत घरहरुमा क्षति पुगेको छ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सेली आइल्याण्ड सेन्ट मार्टिन र सेन्ट बार्टसमा ठूलो भौतिक क्षति भएको बताएका छन्। आँधीका कारण बार्बुडा र एन्टिगुव क्षेत्रमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने ९० प्रतिशत भवनमा क्षति पु—याएको छ ।

क्याटेगोरी फाइभको आँधी अहिले नर्थन भर्जिन आइल्याण्डतर्फ गएको छ । पछिल्लो दशकमा आएको आँधीमध्ये अर्मा सबैभन्दा ठूलो आँधी हो । आँधीका कारण तीन सय किलोमिटर प्रतिघण्टाको दरमा हावा चलेको छ। आँधीका कारण पोर्टओ रिको, डोमेनिकन रिपब्लिक, ब्रिटिस भर्जिन आइल्याण्डसहितका क्षेत्र पनि प्रभावित हुनसक्ने बीबीसीले जनाएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);