गर्भवती महिलाले गरिन् अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काठमाडौं, २२ भदौ । एक गर्भवती चीनमा एक महिलाले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरेकी छन् । ‘मा’ उपनाम दिइएको २६ वर्षीया महिलाले चीनको उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन्। यो घटना एक साता अघि कै भएपनि भर्खरै मात्र सार्वजनिक भएको छ।

स्रोतका अनुसार, शल्यक्रिया गर्न परिवार नमानेका कारण आत्महत्या गरेको बताइएको छ। अस्पतालका डाक्टर हूओ जुनका अनुसार माले दुई पटक वार्ड छाडेकी थिइन् र परिवारका सदस्यलाई असाध्यै पीडा भएको भन्दै शल्यक्रिया गर्न आग्रह गरेकी थिइन् । तर उनका श्रीमानले अस्वीकार गरे।

अस्पतालका अनुसार ‘मा’ ४१ साताकी गर्भवती थिइन् । गर्भमा रहेको शिशुको टाउको ठूलो भएकाले नर्मल डेभिलरी जोखिमयुक्त हुने भएकाले चिकित्सकहरुले परिवारको राय मागेका थिए। बीबीसी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);