अस्पतालबाट हाम फाल्दा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अस्पतालबाट हाम फाल्दा मृत्यु

hamfalda

काठमाडौं, २२ फागुन । अस्पतालको तेस्रो तलबाट हाम फाल्दा एकजना बिरामीको ज्यान गएको छ । भरतपुर–२४ का ५२ वर्षीय धनराज सुब्बा आइतबार अस्पतालको तेस्रो तलामा रहेको शौचालयको झ्यालबाट हाम फालेका थिए । भरतपुर अस्पतालका अनुसार रक्सी सेवनबाट बिरामी परेका उनी शुक्रबार भर्ना भएका हुन् ।

चितवन जिल्ला प्रहरीकार्यालयका प्रवक्ता प्रहरीनायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले मेडिकल वार्डमा रहेका बिरामी तीन तलामाथिको झ्यालबाट हाम फालेका कारण बचाउन नसकिएको बताए ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बिरामीको साथमा उनकैश्रीमती बसेकी थिइन् । बिरामी शौचालय छिर्दा उनले बाहिर बसेर कुरेकी थिइन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);