तिलावे नदीमा नुहाउने क्रममा बालक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तिलावे नदीमा नुहाउने क्रममा बालक बेपत्ता

bepatta

वीरगन्ज, ३१ असार । पर्साको विन्दवासिनी स्थित तिलावे नदीमा हाम फालेका १२ वर्षीय बालक वेपत्ता भएका छन् । नुहाउने क्रममा तिलावे नदीमा हाम फालेका वीरगन्ज महानगरपालिका वडा नं १९ विन्दवासिनी निवासी मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित साह कलवार वेपत्ता भएको प्रहरीले जनाएको छ ।

चार जना साथीहरुसँग नुहाउने क्रममा बाढी आएको तिलावे नदीमा हाम फालेका कलवार वेपत्ता भएका थिए । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार दिउँसो करिब २ बजेको समयमा बालक बेपत्ता भएका थिए । बालक वेपत्ता भएको सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय पर्साका विपत्त टोली नदीमा खोजतालास गरेको तर हालसम्म बालक फेला नपरेको प्रहरीले जनाएको छ ।

विगत ५ दिनदेखि परि रहेको झरी वर्षाका कारण पर्साका नदीहरुमा पानीको सतह बढेसँगै तिलावे नदीमा पानीको बहाव बढेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);