ट्यांकरसहित चालक त्रिशुली नदीमा वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ट्यांकरसहित चालक त्रिशुली नदीमा वेपत्ता

५ माघ, काठमाडौँ । काठमाडाैँबाट बारातर्फ जाँदै गरेको खाली पेट्रोल ट्यांकर चितवनको चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा खस्दा चालक र ट्यांकर दुबै वेपत्ता भएका छन ।

ट्यांकरसहित चालक त्रिशुली नदीमा वेपत्ता

५ माघ, काठमाडौँ । काठमाडाैँबाट बारातर्फ जाँदै गरेको खाली पेट्रोल ट्यांकर चितवनको चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा खस्दा चालक र ट्यांकर दुबै वेपत्ता भएका छन । दुर्घटनामा सहचालक घाइते भएका छन् । ना ४ ख ४१४३ नम्बरको ट्यांकर गएराति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता भएका छन् भने ट्याङ्कर पनि बेपत्ता छ ।

बेपत्ताको रातिदेखि नै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । ट्यांकरमा रहेका सहचालक बारा अमलेखगन्जकै २५ वर्षीय प्रदीप लामा भने घाइते भएका छन् । उनको कलेज अफ मेडिकल साइन्सेज चितवनमा उपचार भइरहेको छ । ट्यांकर पानीमा पुगेपछि नदीमा झरेका सहचालक पौडेर बाहिर निस्किएको प्रहरीले जनाएको छ । अर्को गाडीलाई उछिन्ने क्रममा सो ट्यांकर खसेको सहचालक लामाले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);