उच्च अदालतका न्यायाधीशले आज सपथ लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उच्च अदालतका न्यायाधीशले आज सपथ लिने

निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने सरकारी वकिलहरुको चेतावनी ५ माघ, काठमाडौँ । उच्च अदालतमा नियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनियता शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ गराउने कार्यक्रम छ ।

उच्च अदालतका न्यायाधीशले आज सपथ लिने

५ माघ, काठमाडौँ । उच्च अदालतमा नियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनियता शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ गराउने कार्यक्रम छ । नेपाल बार, सरकारी वकिल र केही राजनीतिक दलको बिरोध हुँदाहुँदै न्यायाधीशलाई शपथ गराउन लागिएको हो ।

न्यायपरिषदले गएको पुस २८ गते राति नियुक्तिका लागि सिफारिस गरेपछि उनीहरुको नियुक्ति र पदस्थापन समेत भइसकेको छ । परिषद्ले कानुन, न्याय र सरकारी वकिल समूहका विशिष्ट श्रेणी, सहसचिव, पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई समेटेर उच्च अदालतमा नियुक्तिको सिफारिस गरेको थियो । नियुक्ति असमावेशी भएको भन्दै नेपाल बारले विरोध जनाएको छ भने सरकारी वकिलहरुले निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);