रामेछापका भूकम्प पीडितको बास यस वर्ष पनि चिसो पालमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामेछापका भूकम्प पीडितको बास यस वर्ष पनि चिसो पालमै

सुमित श्रेष्ठ
४ माघ ,रामेछाप । नेपाल सरकारले भूकम्प पीडितलाई घर बनाउन दिने भनेको अनुदान रकम समयमै दिन नसक्दा यस वर्ष पनि रामेछाप जिल्लाका भूकम्प पीडितको जाडो पालमुनी नै वित्ने भएको छ । घर निर्माणको लागि सरकारले अनुदान दिने भनेको पहिलो किस्ता वापतको रकम ढिलो दिंदा बर्खामा घर बनाउन नसकिएको

रामेछापका भूकम्प पीडितको बास यस वर्ष पनि चिसो पालमै

सुमित श्रेष्ठ

४ माघ ,रामेछाप । नेपाल सरकारले भूकम्प पीडितलाई घर बनाउन दिने भनेको अनुदान रकम समयमै दिन नसक्दा यस वर्ष पनि रामेछाप जिल्लाका भूकम्प पीडितको जाडो पालमुनी नै वित्ने भएको छ । घर निर्माणको लागि सरकारले अनुदान दिने भनेको पहिलो किस्ता वापतको रकम ढिलो दिंदा बर्खामा घर बनाउन नसकिएको र मंसिर, पौष अन्नबाली भित्र्याउने समय भएकाले घर निर्माण सुरु गर्न ढिला भएको भूकम्प पीडितको भनाई छ ।

 

समयमै घर बनाउँन नसक्दा पुसमाघको ठण्डिमा कठाङ्ग्रिएर पालमुनी कष्टकर जीवन विताइरहेका छन् पीडितहरु । पालमुनीको बसाइको कारण चिसोले बालबच्चा र बृद्धबृद्धालाई रुघाखोजी जस्ता समस्याले झन बढि सताएको छ। हिउँद लागेसँग घर निर्माणका लागेका भूकम्प पीडितलाई सरकारले दिएको नक्सा अनुसार २ कोठे एक तले बनाउँदा घर सानो र ठाउँ नपुग्ेन चिन्ताले पनि सताएको छ । घर बनाउनको लागि प्रसस्त जग्गा भएका पीडितहरु दुई वटा घर बनाउने तयारीमा छन् भने जग्गा नहुने पीडितहरु भने घर कस्तो बनाउने भन्ने अन्योलमा छन् । नक्सा अनुसार बनाउँदा घर सानो नहुने र आफ्ना आवश्यकता अनुसारको घर बनाउँदा अनुदान नपाइने चिन्ताले सताइरहेको छ पीडितलाई 

 

गाउँको लागि सरकारले दिएको नक्सा अनुसार घर बनाउँदा दुई वटा घर बनाउनु पर्ने बाध्यता रहेको पीडितहरु बताउँछन् । एउटा घरको जगम दुई लाख रुपैयाँ सकिएको र दुई बटा घर बनाउँनु पर्दा झन खर्चिलो भएको उनीहरुको गुनासो छ ।

 

भूकम्प पीडितलाई घर निर्माण गर्ने चिन्ता त छदैछ, अनुदान रकम लिन सरदमुकामै जानुपर्ने भएकाले बृद्धबृद्धाहरु अनुदान रकम लिन जाँदा विरामी पर्ने र अनुदान वापतको रकम उपचारमै खर्च भएको पनि पीडितहरुको गुनासो छ । बृद्धबृद्धाहरुको लागि गाउँमै अनुदान दिने ब्यवस्था सरकारले मिलाइदिए सजिलो हुने उनीहरुको भनाई छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);