नुवाकोटका भूकम्प पीडितले घर बनाउन सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नुवाकोटका भूकम्प पीडितले घर बनाउन सकेनन्

सालिकराम चालिसे

नुवाकोट, ९ फागुन ।लगत संकलन भएपनि अनुदान सूचिमा नपरेका नुवाकोटका भूकम्प पीडितले घर बनाउन कठिन भएको गुनासो गरेका छन् । अस्थायी टहरामा बसिरहेका ५ हजार भन्दा धेरै घरपरिवारले अनुदान नपाएपछि घर कसरी बनाउने भन्ने चिन्तामा छन् ।

नुवाकोटका वास्तविक भूकम्प पीडित समेत अनुदान पाउने सूचिमा नपरेका हुन् । अनुदान रकम आउला र थपथाप पारेर घर बनाउने सोच बनाएका पीडित सूचिमा नपरेपछि निरास भएका छन् । विदुर नगरपालिकाकै भूकम्प पीडित सूचिमा परेका छैनन् । प्राविधिकहरु चेक गर्न आएपनि सम्बोधन नभएको पीडितहरुको गुनासो छ । राज्यले भूकम्प पीडितलाई फरक दृष्टिले हेरेको उनीहरुको गुनासो छ ।

उता राष्ट्रिय पुनः निर्माण प्रधिकरणले आवश्यक प्रकृया पूरा भएपनि प्रविधिकको त्रुटिका कारण वास्तविक भूकम्प पीडित सूचिमा पर्न नसकेको स्विाकार गरेको छ । पीडितको गुनासो वडा कार्यालय मार्फत सुल्झाउने र छुटेका वास्तविक पीडितको संकलनको काम भइरहेको प्रधाकिरणको भनाई छ ।

नुवाकोटमा लाभ्रग्री सूचिमा परेका ६९ हजारमध्ये ६४ हजारले पहिलो किस्ता, ३६ हजारले दोस्रो किस्ता र ४ हजारले चौथो किस्ता लिएर धमाधम घर बनाउन थालेका छन् । तर सूचिमै नपरेका झण्डै ५ हजार भने अरुले बनाएको घर हेरेर टहरामै बस्न बाध्य छन् । त्यसैले वास्तिविक भूकम्प पीडितको समस्या समाधान गर्न ढिलाई गरिनु हुन्न ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);