रामेछापमा भूकम्प पछिको पुनर्निर्माण अत्यन्त सुस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रामेछापमा भूकम्प पछिको पुनर्निर्माण अत्यन्त सुस्त

नवराज श्रेष्ठ

रामेछाप, २२ वैशाख । रामेछापमा भूकम्पपछिको पुनर्निर्माण अत्यन्त सुस्त देखिएको छ । भूकम्प गएको तीन बर्ष वितेपनि २५ प्रतिशत मात्र पुनर्निर्माण सकिएको छ । नीजि आवास पुर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम निकासा गर्न ढिलाइ हुँदा पुनर्निर्माणले गति लिन नसकेको पीडितहरुको गुनासो छ ।

करिब ५० हजार लाभग्राही रहेको रामेछापमा हालसम्म १३ हजार नीजि आवासको मात्र निर्माण सम्पन्न भएको छ । त्यस्तै २९ हजार २ सय ७४ लाभग्राही दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २९ हजार ३१ ले दोस्रो किस्ता बापतको रकम पाएका छन् । ८ हजार तेस्रो किस्ताका लागि योग्य भएकोमा ७ हजार ५ सयले रकम बुझिसकेका छन् ।

रामेछापमा भूकम्पले क्षति पु-याएका ९६ विद्यालयको पुनर्निर्माणको प्रक्रिया भने अझै सुरु हुनसकेको छैन । ४ सय १९ विद्यालयमा क्षति पुगेकोमा हाल ३ सय २३ विद्यालयको पुनर्निर्माणको काम भइरहेको छ ।

भूकम्प पीडितले भने अनुदान रकम निकासा गर्न समस्या हुनेगरेको बताएका छन् । अनेकन सरकारी प्रक्रियाका कारण रकम निकासीमा ढिलाइ हुँदा पुनर्निर्माणमा समस्या भएको उनीहरुको भनाइ छ ।

घर निर्माणका लागि अनुदान रकम निकासामा भएको ढिलाइसँगै दक्ष जनशक्तिको अभाव, पानीको अभाव, तथा निर्माण सामाग्रीसमेत महंगो हुँदा भूकम्प पीडित समस्यामा परेका छन् । जसका कारण भूकम्प गएको तीन बर्ष वित्दा पनि २५ प्रतिशत मात्र पुनर्निर्माण सकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);