रुकुम पूर्वका स्थानीय तह धामाधम कानुन बनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुकुम पूर्वका स्थानीय तह धामाधम कानुन बनाउँदै

मेगराज खड्का
रुकुम, २२ वैशाख । रुकुम पूर्वका स्थानीय तह आवश्यक कानुन बनाउन जुटेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिकाले हालसम्म २७ वटा कानुन बनाइसकेको छ । कानुन निर्माणसँगै स्थानीय तहको कामकार्बाही सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।

संविधानले स्थानीय तह सञ्चालनका लागि आवश्यक कानुन बनाउने अधिकार स्थानीय तहलाई नै दिएको छ । केही स्थानीय तह अलमलमा परिरहेका बेला रुकुम पूर्वका स्थानीय तह भने कानुन निर्माणमा जुटेका हुन्। रुकुम पूर्वको भूमे गाउँपालिकाले हालसम्म २७ वटा कानुन बनाइसकेको छ ।

निर्माण भएका कानुनहरु केही संघीय सरकारबाट प्राप्त नमुना कानुनका आधारमा बनाइएका छन् भने केही स्थानीय आवश्यकताको आधारमा गाउँपालिकाले नै बनाएको छ । संघीय सरकारले पठाएको नमूना कानूनले मात्र गाउँपालिकाको सबै विषय समेट्न नसक्ने भएपछि स्थानीय आवश्यक्तालाई मध्यनजर गरी थप कानून बनाइएको हो ।

त्यस्तै रुकुम पूर्वकै सिस्ने गाउँपालिकाले पनि कानुन निर्माणलाइ तिब्रता दिएको छ । हालसम्म ऐन, नियमावली, विनियम, कार्यविधी निर्देशिका बनाउने क्रम जारी रहेको गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिए ।

रुकुम पूर्वको अर्को स्थानीय तह पुथाउत्तरगंगा गाउँपालिकाले भने हालसम्म ७ वटा मात्रै कानून बनाएको छ । स्थानीय सरकारले यति संख्यामा कानुन निर्माण गर्ने कुनै मापदण्ड नभएको हुँदा आवश्यकता अनुसार कानुन बनाउने गाउँपालिकाका जनप्रतिनिधहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);