सिरहामा एक नवजात शिशुसहित दुई जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिरहामा एक नवजात शिशुसहित दुई जनाको शव फेला

सिरहा, २२ वैशाख । सिरहामा एक नवजात शिशुसहित दुई जनाको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका–६ स्गित गणपति ईटा भट्टा नजिकै रहेको पोखरीको छेउमा नवजात बालकको शव फेला परेको हो ।

त्यस्तै सिरहाको कर्जन्हा नगरपालिकामा ३८ बर्षीय मुसहरु भनिने सोपिन्द्र यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

कर्जन्हा नगरपालिका–७ मा पर्ने मरेवामा रहेको गोठघर भन्दा एक किलोमिटर पश्चिममा यादवको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);