झापाको बुद्धशान्ती-४ अमर बस्तीमा नवजात शिशुको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

झापाको बुद्धशान्ती-४ अमर बस्तीमा नवजात शिशुको शव फेला

झापा, १७ पुस । झापाको बुद्धशान्ती–४ अमर बस्तीमा एक नवजात शिशुको शव फेला परेको छ । मंगलबार स्थानीय शंकर रेग्मीको सुपारीबारीमा गाडेको अवस्थामा नवजात शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

बिहान घाँस काट्न गएका स्थानीयले गाडेको अवस्थामा शिशुको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गाडेको ठाउँ नजिकै रगत समेत देखिएकाले अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको पूर्वानुमान रहेको छ ।

शव आफन्तको पहिचान नभएकाले खोजी कार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले बताए । शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);