महोत्तरीमा परालको छाप्रोभित्र पुुरुषको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

महोत्तरीमा परालको छाप्रोभित्र पुुरुषको शव फेला

काठमाडौं । महोत्तरीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका–७ स्थित एमटिएल इँटा भट्टामा रहेको परालको छाप्रो भित्र स्थानीय इन्द्रदेव झाको शव फेला परेको प्रहरीले जनाएको छ ।

५२ वर्षीय झा सोमबार साझ घरबाट निस्किएका थिए । इँटा भट्टामा प्रायः बस्दै आएका झा को शव मंगलबार बिहान ११ बजे फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);