जलविद्युत निर्माणमा जुटे रुकुम पूर्वका स्थानीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जलविद्युत निर्माणमा जुटे रुकुम पूर्वका स्थानीय

hukam bidhut

रुकुम पूर्व, २७ चैत । रुकुम पूर्वको हुकामका स्थानीय जलविद्युत आयोजनाको निर्माणमा जुटेका छन् । विद्युत आयोजना बनाउन सुरु गरेको ९ बर्षसम्म पनि पुरा नभएपछि स्थानीय आफै जुटेका हुन् ।

रुकुम उज्यालो कार्यक्रम अन्तर्गत २०६६ सुरुवात भएको तनागर लघु जलविद्युत आयोजनाको काम नभएपछि स्थानीयहरु जनश्रमदानबाट विजुली बाल्न जुटेका हुन् । ८१ किलोवाट क्षमताको आयोजना निर्माणको जिम्मा पाएको तनागर लघु जलविद्युत निर्माण उपभोक्ता समितिले काममा ढिलाइ गरेको हो ।

अहिले स्थानीयको सहभागितामा विद्युत ट्रान्सर्फमर राख्ने काम भइरहेको स्थानीय अशोक घर्तिमगरले जानकारी दिनुभयो । दुई महिनाभित्र आयोजनाको काम सक्ने स्थनीयको लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);