स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा

scientist conference

काठमाडौं, २७ चैत । बुधबारदेखि काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागेको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिषदका कार्यकारी अध्यक्ष प्राध्यापक डाक्टर अञ्जनीकुमार झाले नेपालको बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धानमा जोड दिन शिखर सम्मेलन आयोजना गरिएको बताए । २ दिनसम्म चल्ने सम्मेलनमा देशभरका १ हजार भन्दाबढि स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विज्ञहरु सहभागी हुनेछन ।

सम्मेलनमा अनुसन्धानकर्ताहरुले ६५ वटा अनुसन्धानमुलक कार्यको मौखीक प्रस्तुती र ६७ पोष्टर प्रस्तुत गर्नेछन् । सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्याको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेका ७ जनालाई सम्मानसमेत गरिने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);