नेपालमा स्वास्थ्य बैज्ञानिकहरुको शिखर सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नेपालमा स्वास्थ्य बैज्ञानिकहरुको शिखर सम्मेलन हुने

काठमाडौं । नेपालमा स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको नवौैं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौंमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो । ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने कार्यक्रम पनि तय गरिएको परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताउनु भयो । सम्मेलनमा विश्व स्वास्थ्य संगठनसहितका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिकहरु, विज्ञहरु र नीति निर्माताहरु सहभागी हुनेछन । करिव हजार जना भन्दा बढि विज्ञहरुसँग घनिभूत छलफल गरी सरकारलाई यस क्षेत्रको नीति निर्माणमा सहयोग गर्नु सो शिखर सम्मेलनको मुख्य उद्देश्य रहेको पनि परिषदका सदस्य सचिव ज्ञवालीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विगतमा वर्षहरुमा जस्तै यो वर्ष पनि स्वास्थ्य क्षेत्रका बैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुँदैछ । सन् २०१५ सालमा हामीले यो सुरु ग¥यौं । हरेक वर्ष एउटा नियमित कार्यक्रमको हिसावले यो वर्ष पहिला भन्दा अलि पृथक विभिन्न खालका देश विदेशबाट स्वास्थ्य सम्बन्धि बैज्ञानिकहरु, पोलिसी मेकरहरु, प्रादेशिक लेवलबाट पाल्नु हुने विज्ञहरुसहितको भेला गरेर हामीले एकअर्काबीच परिचित हुने, आफ्ना अनुसन्धान सम्बन्धि ज्ञान र सीप चाँही एक अर्कालाई बाँडने, त्यो प्राप्त नतिजा, तथ्यांकहरुलाई पोलिसी लेवलमा पस्किने गरी यो वर्ष पनि हामी सो सम्मेलन गर्दैछौं । त्यसका लागि हामीले प्रमुख थिम बनाएका छौं । त्यो थिम भनेको स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण भन्ने रहेको छ । ती अनुसन्धान र अध्ययनबाट आएका तथ्यहरुलाई वैज्ञानिक हिसावले हेरेर पोलिसी निर्माणमा के, कति सहयोग गर्न सकिन्छ ? त्यसको अनुसन्धान गरेर हामीले राज्यलाई पोलिसी बनाउन सहयोग गर्ने मुख्य उद्देश्य हो । २०१ जनाको सम्बन्धित विषयमा प्रस्तुती छ । उत्कृष्ट हुनेलाई अवार्डको पनि व्यवस्था गरिएको छ । त्यसैगरी योङ साईन्टिस्ट अवार्ड हुन्छ । हेल्थ रिसर्च अवार्ड हुन्छ । एक हजारसम्म प्रतिनिधिहरु सहभागी हुनेछन ।’

शिखर सम्मेलनमा २०१ वटा प्रस्तुती रहेको छ । त्यसमध्ये उत्कृष्ट हुनेलाई अवार्डको समेत व्यवस्था गरिएको पनि परिषदले जनाएको छ । यसै अवसर पारेर परिषदले सदाझैं यस वर्ष पनि योङ साईन्टिस्ट अवार्ड, हेल्थ रिसर्च अवार्डलगायतका ८ वटा विभिन्न विधाका अवार्डहरु वितरण गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);