सानो कामबाट नै परिवर्तनकाे सुरुवात हुन्छ, व्यक्तिगत व्यवहारमा सुधार गराैँ : सचिव देवकाेटा | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

सानो कामबाट नै परिवर्तनकाे सुरुवात हुन्छ, व्यक्तिगत व्यवहारमा सुधार गराैँ : सचिव देवकाेटा

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरुको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभएको हो ।

उहाँले देश स्थिरताको चरणतर्फ उन्मुख रहेकोको उल्लेख गर्दै नयाँ सोचसहितको प्रणाली लागू गर्ने अवसर आएको बताउनुभयो। तथ्यमा आधारित निर्णय प्रक्रियाले मात्र स्वास्थ्य सेवामा सुधार सम्भव हुने उहाँको भनाइ छ । उहाँले सुशासनसँग जोडिएर नीति नियम निर्माण गर्ने र त्यसको कार्यन्वयन गरी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । परिवर्तनको सानो कामबाट नै सुरुवात हुने भन्दै उहाँले शुरुमा आफ्नो व्यक्तिगत व्यवहारमा सुधार गर्न आग्रह गर्नुभयो ।

उहाँले परिषद्लाई अझ प्रभावकारी बनाउँदै देशव्यापी रूपमा विस्तार गर्नुपर्ने बताउनुभयो । अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै थलोबाट समन्वय हुने परिषद्को संरचना अझ बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । युवाहरूको अनुसन्धानमा सहभागिता बढ्दाे रुपमा रहेको उल्लेख गर्दै उहाँले सेवा विस्तारमा थप ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा हुने अनुसन्धानहरू सरकारको बढ्दाे बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँग जोडिनु पर्नेमा उहाँले जोड दिँदै त्यसबाट स्वास्थ्य सेवाको गुणस्तरमा ठोस सुधार ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले परिषद्लाई सरकारले जारी गरेको सय बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँगका आधारमा आगामी वर्षको बजेट तथा नीति कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार