पानी अभावका कारण रामेछापमा पुनर्निर्माणको काम प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पानी अभावका कारण रामेछापमा पुनर्निर्माणको काम प्रभावित

punarnirman ramechap

नवराज श्रेष्ठ
रामेछाप, २० चैत । रामेछापमा पानीको अभावले भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । गाउँमा पानीको अभाव हुँदा भूकम्प पीडितले प्रतिलिटिर ९ रुपैयाँमा कोसीको पानी गाडीमा ल्याएर घर बनाउन थालेका छन् ।

गाउँमा खडेरीका कारण पानीको मुहान सुकेपछि घर बनाउन पीडितलाई समस्या भएको हो । खानेपानीको समेत अभाव झेलिरहेका भूकम्पपीडितले प्रतिलिटर ९ रुपैयाँमा कोसीको पानी गाडीमा ल्याएर घर बनाइरहेका छन् ।

सबैले यसरी कोसीको पानी किनेर घर बनाउन सक्ने अवस्था भने छैन । पुनर्निर्माणको कामले गति लिन नसक्नुको मुख्य कारण नै पानी बनेको छ । पानी अभावकै कारण घर बनाउन नसकेको भन्दै भूकम्पपीगितले समय सिमा थपिदिन स्थानीय तहसँग आग्रह समेत गरेका छन् ।

रामेछापमा ५० हजार घर बन्नु पर्नेमा हालसम्म ११ हजार ६ सय घरमात्र निर्माण भएका छन् । २७ हजार ५ सय घर दोस्रो किस्ताका लागि योग्य भएकोमा २६ हजार ५ सय घरले दोस्रो किस्ता लिइसकेका छन् ।

यसलाई हेर्दा पछिल्लो समय पुननिर्माणको कामले खासै गति लिन सकेको छैन । पुनिर्माणको काममा ढिलाई हुनुको अन्य विविध कारणहरु भएपनि अहिले देखिएको प्रमुख कारण भनेको आवश्यक पानी नहुनै हो । पानीकै कारण रामेछापका भूकम्पपिडितलाई राज्यले निर्धारण गरेको समय सिमाभित्र घर बनाउन समस्या हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);