प्रधानमन्त्रीको भारत भ्रमणमा महत्वपूर्ण विषयमा सम्झौता हुँदैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रधानमन्त्रीको भारत भ्रमणमा महत्वपूर्ण विषयमा सम्झौता हुँदैन : प्रचण्ड

prachanda

 चितवन, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा नयाँ र महत्वपूर्ण विषयहरुमा सम्झौता नहुने बताएका छन् । चितवनमा बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यासपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा महत्वपूर्ण विषयमा सम्झौता नहने बताएका हुन् ।

मिडियाहरुमा आए जस्तो महाकाली सन्धी र अन्य नयाँ कुनै विषयमा सम्झौता नहुने उनको भनाई छ । अध्यक्ष दाहालले आगामी बैसाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुने बताए । अध्यक्ष दाहालले पार्टी एकता बराबरी सिद्धान्तका आधारमा हुने समेत स्पष्ट परे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);